शिवु खनाल , देउखुरी
१-असार / देउखुरीमा ट्रिप्परको ठक्कर वाट एउटा चित्तलको मृत्यु भएको छ । लमही नगरपालिका वडा ६ कर्री सामुदायिक वनको क्षेत्रमापर्ने पदमेनी खोखा नजिकै पूर्व पश्चिम राजमार्गमा अल्फावेट नखुलेको ट्रिप्परले ठक्कर दिदा चित्तलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

Ambikeshwori Auto Mart

 

अन्दाजी ६० किलोको चित्तल सिङ्ग र पछाडिको दुबै खुट्टा भाचिएको अवस्थामा फेला परेको छ । राजमार्गदेखि उत्तर तर्फ जाँदै गरेको चित्तललाई ठक्कर दिएर ट्रिप्पर भागेको स्थानीयवासिहरुले जानकारी दिएका छन् । मरेको चित्तललाई कर्री सामुदायिक वन, वडा प्रहरी कार्यलय लमही, पत्रकारहरूको रोहोवरमा जिल्ला वन कार्यालयमा बुझाईएको छ । ठक्कर दिने ट्रिप्परको खोजतलास र थप अनुसन्धान भईरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरूण कुमार सिंहले जानकारी दिए ।

K&K

Urban

Manokamana Auto

Deepshanti Technical College

प्रतिकृया

प्रतिकृया


ADVERTISEMENT