तुलसीपुर
१६ भदौ/
तुफानबाबु श्रेष्ठका लागि रेडियो कार्यक्रम पर्याय जस्तै वनेको छ । उनी जीवनका विभिन्न घुम्तीहरुमा फरक फरक ढँगले हिडे तर साथमा रेडियोप्रतिको अनुरागलाई भने उनले कहिल्यै छाडेनन् । ‘रेडियो कै कारण मेरो जीवन सुन्दर वनेको हो ’ अनुहारमा सधै हिस्सी बोकेर हिड्ने श्रेष्ठले भने । तुलसीपुरमा पहिलो पटक सञ्चालनमा आएको रेडियो तुलसीपुरमा करिव १५ वर्ष अगाडि देखि सञ्चालनमा आएको उनको कार्यक्रम शान्त तलाउले आज नयाँ किर्तिमान राख्दै १ सय ५० अंक पुरा गर्दैछ ।

‘मेरो रेडियो पत्रकारिताको करिअर यसै कार्यक्रमबाट आरम्भ भएको हो ’ श्रेष्ठले भने । पछिल्लो पटक कार्यक्रम शान्त तलाउँलाई रेडियो प्रकृतिमा उत्पादन गरेर विभिन्न एफएमबाट प्रशारण गर्दै आएका श्रेष्ठले रेडियो कार्यक्रमलाई निरन्तर अगाडि वढाउने सोच वनाएका छन् ।

कार्यक्रम सञ्चालनको १५ वर्षे दौरानमा उनले विभिन्न स्टेशनमा कार्यक्रम सञ्चालन गरे । ‘सबै रेडियोमा कार्यक्रम सञ्चालन गरेको एपिसोड गन्ने हो भने त ५ सय भन्दा वढि हुन्छ ’ उनले पछिल्लो पटक कार्यक्रम सञ्चालनको सुरुवात गरेको रेडियो प्रकृतिमा नै १ सय ५० श्रृंखला पुगेको छ । मान्छेमा सकारात्मक सोचका विकास गराउने उद्देश्यले सञ्चालन गरिएको उनको कार्यक्रम सुनेर अहिले पनि उनलाई निरन्तर इमेल आउँछ ।

 



ADVERTISEMENT

  


 


‘तपाईको कार्यक्रमबाट मैले आफुलाई परिवर्तन गरे ’ ‘तपाईको कार्यक्रम नसुनेको भए यतिबेला म मानसिक रोगी हुने थिए ’ यस्ता अनेकौ इमेलले उनमा उर्जा थप्दै यो मोडसम्म ल्याएको हो । संसारका प्रख्यात व्यक्तिको जीवन संघर्षको कथासँगै प्रेरक कुराहरुलाई उनले कार्यक्रममा समावेश गर्दै आएका छन् ।

‘मलाई पहिले देखि नै सफल मान्छेहरुको जीवनी र प्रेरक कुराहरुतर्फ अभिरुचि थियो सोही अनुसार यो कार्यक्रम सञ्चालन गरेको हुँ ’ श्रेष्ठले भने । अहिले विभिन्न आधा दर्जन रेडियोबाट सुन्न सकिने उनको यो कार्यक्रम अडियो वुक एप्लिकेसनमा समेत उपलब्ध छ ।

एउटै कार्यक्रम निरन्तर एउटै प्रस्तोताले यति लामो समयसम्म सञ्चालन गरेको शान्त तलाउँ नै पहिलो कार्यक्रम भएको श्रेष्ठले दाबी समेत गरे । रेडियाको क्रेज कम भयो भन्ने समयमा पनि अहिले उनको कार्यक्रम नियमित सुन्नेहरुको संख्या निकै धेरै छ । ‘१ सय ५० श्रृँखलासम्म आउँदा एउटा श्रृंखला पनि छाडेको छैन ’ उत्साहित हुँदै उनले भने ।

K&K

Urban

Manokamana Auto

प्रतिकृया

प्रतिकृया