घोराही
२३ असोज/ घोराही उपमहानगरपालिकाका वडाहरुमा बाल सञ्जाल र किशोरी समूह गठन प्रकृया सुरुभएको छ । वडा स्तरीय बाल क्लव र किशोरी समूह गठनकालाई वडाहरुले तिब्रता दिन थालेका छन् ।यसैक्रममा वडा नम्बर १६ मा बुद्ध बालसञ्जाल र नवज्योती किशोरी समूह गठन भएको छ ।

वडाका कार्यबहाक अध्यक्ष जगतबहादुर श्रेष्ठको अध्यक्षता एवं महिला बालबालिका तथा सामाजिक विकास शाखाका खुमा डिसीको उपस्थितीमा आज सानी अम्बापुर विद्यालयमा भएको भेलाबाट २५ सदस्यि बाल सञ्जाल र २७ सदस्यीय किशोरी समूह गठन गरिएको हो ।

बाल सञ्जालको अध्यक्षमा प्रशान्त गौतम, उपाध्यक्षमा विबेक परियार, सचिबमा रेजिना डिसी, सहसचिबमा मनिषा घर्तीमगर र कोषाध्यक्षमा रोशिका बिसी चयन भएका छन । सञ्जालको सदस्यहरुमा सनिष्मा चौधरी, अर्जुन खत्री, सुदिप बस्नेत, एन्जील धामी, दिपिका वली, सृजना पाण्डे, सक्षम भण्डारी, अन्जना थापा र विजय कार्की चयन भएका छन ।


ADVERTISEMENT

  



त्यसैगरी किशोरी समुहको अध्यक्षमा झरना डिसी, उपाध्यक्षमा सृजना परियार, सचिबमा सुनमाया बस्नेत, सह सचिबमा आशिका रोका र कोषाध्यक्षमा शिक्षा पौडेल चयन भएका छन। सदस्यहरुमा सविता खड्का, रुपा पुन, श्रृष्टि चौधरी, समिक्षा घर्तीमगर, दिलमाया बाठा, जानकी भण्डारी, संगिता चौधरी, सुनिता बुढामगर, खिमा भण्डारी, मिना चौधरी र तुल्सी रावतलाई चयन गरिएको छ ।

अन्य सदस्यहरुमा सरीता रावत, अम्मी बुढा, निशा चौधरी, अमृता चौधरी, कमला खड्का, अन्जु घर्ती मगर, रिणु डिसी, सुस्मीता चौधरी, लक्ष्मी चौधरी र सुशिला थापा रहनुभएको छ । सञ्जाल र समुहको बैठक प्रत्येक महिनाको पहिलो शनिबार बिहान ११ बजे बस्ने निर्णय भएको वडा कार्यालयका सामाजिक परिचालक विन्दु नेपालीले जानकारी दिएका छन ।

प्रतिकृया

प्रतिकृया