तुलसीपुर
२७ पुस/ प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले थारु संस्कृति संरक्षण गर्नुपर्ने बताएका छन् ।

तुलसीपुर उपमहानगरपालिका वड नं. १० नयाँगाउँमा भएको माघी मिलन तथा वृहत सांकृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले थारु संस्कृतिलाई संरक्षण गरेर बिदेशी पर्यटक भित्र्यान तर्फ लाग्नुपर्ने उनको भनाई थियो ।

साथै उनले जनतासंग निर्वाचनको समयमा गरेका बाचाहरु पुरा गर्ने प्रतिबद्धता जनाए । उनले आफुले जनताले महसुस गर्ने गरि काम गर्ने बताए । अहिलेको सरकारले ‘सुखी नेपाली र समृद्ध नेपाल’ कल्पना पुरा गर्न लागि पर्ने बताए ।


ADVERTISEMENT

  



संयुक्त चौंधरी टोलका अध्यक्ष माघु चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका प्रदेश सदस्य रामजी चौधरी, प्रतिनिधिसभा सदस्य विष्णु पौडेल, पूर्वसांसद सारदा स्वर्णकार, युवा संघ प्रदेश नं. ५ का प्रमुख मनोहर बुढाथोकी, तुलसीपुर उपमहागनरपालिका उपप्रमुख माया आचार्य, नेकपाका नेता शेषमणी भण्डारी, टेकबहादुर केसी, केदार आचार्यलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण युवा संघका जिल्ला सदस्य सन्तोष वलीले गरेका थिए । संयुक्त चौंधरी टोल तथा नयाँ गाउँको संयुक्त आयोजनामा भएको कार्यक्रममा थारु भेषभुषा झल्किने नृत्य प्रस्तुत गरिएको थियो भने स्थानीय कलाकार तथा मोडल एचआर मगर लगायतले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिकृया

प्रतिकृया