दुधरास
३० पुस / जन कल्याण मावि दुधरास दाङमा एक कार्यक्रमको आयोजना गरि स्मारिका स्तम्भको शिलन्यास गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज विश्वकर्माको अध्यक्षतामा प्रतिनिधि सभाका सदस्य हिराचन्द्र के.सी.को प्रमुख आतिथ्य र प्रदेश सभाका सदस्य अम्मरबहादुर डाँगीको विशिष्ठ आतिथ्यमा सम्पन्न भएको हो ।

विद्यालयका प्रध्यानाध्यापक हिम वहादुर भण्डारीकोका् स्वागत मन्तव्यवाट सुरु भएको उक्त कार्यक्रममा वोल्ने वक्ताहरुले विद्यालयले थालेको यो प्राविधिक शिक्षालय समयको माग भन्दै अव यस्तै प्रकारको शिक्षाको आवश्यकता रहेको वताएका थिए ।

कार्यक्रममा तुल्सीपुर उपमहानगर पालिका वडा नं. १८ का वडाध्यक्ष माधव वली, दाता हिमालयप्रसाद अधिकारी लगाएतकाले वोलेका थिए । भने कार्यक्रमको सहजीकरण गेहराज पौडेलले गरेका थिए


ADVERTISEMENT

  



प्रतिकृया

प्रतिकृया