तुलसीपुर, ३० पुस । तुलसीपुर नगर जेसिजको पहलमा बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरिएको छ । जेसिजको नयाँ कार्यसमितिले कार्यभार सम्हालेपछिको यो पहिलो काम हो । तुलसीपुर १२ को महेन्द्र माबिमा अध्ययनरत ८३ जना बिद्यार्थीहरुलाई सोमबार न्यानो कपडा बितरण गरिएको हो ।

जाडोको समयमा बिद्यार्थीको पठनपाठनमा समस्या नहोस्, भनी जेसिजको पहलमा न्यानो कपडा बितरण गरिएको अध्यक्ष मेघराज घिमिरेले बताए । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ ले आर्थिक सहयोग गरेको छ । अध्यक्ष घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर नगर जेसिजका पूर्बअध्यक्ष झरेन्द्र खरेल, सुर्यप्रकाश शर्मा, दिपेश भण्डारी, तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का सदस्य मानबहादुर केसीलगायतले शुभकामना ब्यक्त गरेबका थिए ।

जेसिजका कार्यकारी उपाध्यक्ष केशबराज केसीले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण महासचिव मोहन सुनारले गरेका थिए । तुलसीपुर ५ का अध्यक्ष बिरेन्द्र शाह पनि सहभागि थिए ।


ADVERTISEMENT

  



प्रतिकृया

प्रतिकृया