ओमप्रकाश गुप्ता,राजपुर
२९ फागुन/ देउखुरीमा करेन्ट लागेर बुधबार एक जनाको मृत्यु भएको छ ।

राजपुर गाउँपालिका ५ नौसहरा निवासी २० वर्षीय कामेश्वर यादवको ईनारमा पानी तान्न जडान भएको मोटरबाट करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेर यादव ईनारमा खसेका थिए ।घरमा विवाहको उत्सव थियो ।

जन्ती निस्कने क्रममा बेहुलाका भाइ कामेश्वर यादवको करेन्ट लागेर मृत्युु भएको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।


ADVERTISEMENT

  



बेहुलाका भाइको मृत्यु भएपछि विवाहस्थल शोकमा डुबेको छ । शवलाई परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ ।

प्रतिकृया

प्रतिकृया