हापुरे
१५ चैत / प्रथम बबई साहित्य गोष्ठी २०७५ यही चैत १६ गते हुने भएको छ । बबई गाउँपालिका वडा नं. ५ हापुरेमा हुन लागेको गोष्ठीमा वरिष्ठ साहित्यकार नारायण प्रसाद शर्मा, अमर गिरी, गिरीराज शर्मा र जन गायक जीवन शर्मा आउनेछन् । कार्यक्रम कवि गोष्ठी र साङ्गितिक प्रस्तुति गरि दुई चरणमा हुने छ ।

त्यस्तै डा. कृष्णराज डिसी, डा.गोविन्द आचार्य, यज्ञबहादुर डाँगी, टीकाराम उदासी, उत्तमकृष्ण मजगैंया, केशव थापा, राम प्रसाद जैसी,पद्म प्रसाद शर्मा, राम प्रसाद जैसी, शरद अधिकारी, खगेश्वर भण्डारी, शशिधर भण्डारी, लेखराज रेग्मी, केशव थापा, भुवन देवकोटा, नवीन अभिलासी, वसन्तविवश आचार्य, घनश्याम अस्तित्व, दीपा धिताल, भावना न्यौपाने, शारदा शर्मा, टीकाराम रेग्मी, टीका बस्नेत, गायकहरु प्रकाश केसी, प्रबल बिष्ट, देवी भण्डारीलगायत साहित्यकारहरुले पनि आफ्नो प्रस्तुती राख्नेछन् ।

कार्यक्रममा वाचित रचनाहरु संकलन गरि बबईका शुसेलीहरु नामक कविता संग्रहपनि प्रकाशनको तयारीमा रहेको आयोजक सञ्चालक समितिका अध्यक्ष प्रमोद धितालले जानकारी दिए ।

ADVERTISEMENT


  


 


प्रतिकृया

प्रतिकृया