ध्रुव राज न्यौपाने ( डि आर एन ), तुलसीपुर
२८ चैत/ तुलसीपुरको ग लाईनमा अवस्थित द पार्क क्याफे को आयोजना तथा चलचित्र पत्रकार संघ दाङ शाखाको सहकार्यमा हुन लागेको सांगितिक साझको तयारी तिव्र पारिएको छ ।

चैत ३० गते बेलुका ७ बजेदेखि सुरु हुने कार्यक्रममा राष्ट्रिय स्तरका चर्चित कलाकारहरु तथा स्थानिय प्रतिभाहरुले आफ्नो प्रस्तुती राख्ने क्याफेका संचालक राजेन्द्र महतराले जानकारी दिएका छन ।

कार्यक्रममा चर्चित गायिका विन्दु परीयार,लोक गायक सन्दिप न्यौपाने,आधुनिक सुगम संगीतका गायक अंकित न्यौपाने लगायत तुलसीपुरमा रहेको सल्यास व्यान्डका साथै अन्य स्थानिय प्रतिभाहरुको प्रस्तुती रहने छ ।


ADVERTISEMENT

 


कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्नका लागि तयारीलाई व्यापक पारीएको छ । साथै कार्यक्रममा उपस्थितीका लागि आयोजकले सबैमा अनुरोध समेत गरेको छ ।

प्रतिकृया

प्रतिकृया