देविराम कुसारी,तुलसीपुर
१०  वैशाख/ परीवर्तनका संवाहाक शान्ति र पुणर्मिलाप कार्यक्रम अन्तरगत समन्वयात्मक अन्तरकृया कार्यक्रम मंगलवार तुलसीपुरमा सम्पन्न भएको छ ।

नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराही र नागरिक आवाज ललितपुरको साझेदारीमा भएको अन्तरकृया कार्यक्रमका सहभागिले सामुदायिक शान्ति स्थापनामा जोड दिन सुझाव दिएका थिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै तुलसीपुर उप महानगरपालिकाका मेएर घन श्याम पाण्डेले दिगो शान्तिको लागि सामुदायिक सम्वाद आवश्यक भएको भन्दै त्यसमा जोड दिन सुझाव दिएका छन ।


ADVERTISEMENT

  



लसीपुर उप महानगरपालिका १३ का वडा अध्यक्ष एंव फलवारी शान्ति केन्द्र सञ्चालक समितिका संयोजक डम्बरबहादुर न्यौपानेको अध्यक्षता तथा उप महानगरपालिकाका मेएर घन श्यम पाण्डेको प्रमुख आथित्यमा भएको अन्तरकृयामा कार्यक्रम संयोजक वसन्त पोख्रेलले कार्यक्रमको जानकारी गराएका थिए।

नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रममा उपमेएर माया आचार्य, पुर्व सभासद शरदा स्वर्णकार, शान्ति केन्द्रका देवबहादुर विक लगाएतले बोलेका थिए ।

कार्यक्रमको सहजिकरण सामाजिक मनोविमर्षकर्ता लक्ष्मि ढकालले गरेका थिए।

प्रतिकृया

प्रतिकृया