ओमप्रकाश गुप्ता,भालुवाङ
३० बैशाख/ देउखुरीको राप्ती गाउँपालिका १ भालुवाङमा रहेको देउखुरी भ्याली माविमा नयाँ प्रिन्सिपलको रूपमा विशेश्वर खनाल आएका छन् ।

शिक्षा क्षेत्रमा लामो अनुभव बटुलेका खनाललाई सोमबार विद्यालय सञ्चालक समिति ,अभिभावक र विद्यार्थीले स्वागत गरेका छन् ।

स्वागत कार्यक्रममा बोल्दै प्रिन्सिपल खनालले अवको बाँकी जिवन विद्यार्थीको पढाइ लेखाइमा नै ध्यान दिने बताएका छन् । विद्यार्थीहरूलाई उज्यालो तर्फ बाटो देखाउने काम शिक्षकको भएकाले शिक्षाको गुणस्तरलाई मजबुद बनाउन पनि अभिभावकको सुझाव नै आफ्नो लागि प्रेरणादायी रहने बताएका छन् ।


ADVERTISEMENT

  



विद्यालय सञ्चालक समितिका अध्यक्ष ऋषिराम आचार्यको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा विद्यालयका निवर्तमान अध्यक्ष होमप्रसाद शर्मा लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक गोविन्दप्रसाद शर्माले गरेका थिए ।

(((((((((((((((((((((((

प्रतिकृया

प्रतिकृया