दिप्तीशिखा चौधरी,दंगीशरण
१ जेठ/ दाङ दंगीशरण गाउँपालिका वडा न. ४ कि दुर्गा बस्नेत कपडामा बुट्टा बनाउँदै थिईन । आखाँ नै र्तिमिराउँने त्यो बुट्टाले सेतो कपडाको सोभा बढाएको थियो । कपडामा धर्सा परेका बुट्टा भर्न आँखाले थप परिश्रम गर्नु पर्थ्यो ।

उनी त्यसैगरी घोप्टो परेर आँखा ठूला पारेर बुट्टा भर्न मै मस्त थिईन् । मैले सोधे सिक्ने मात्र हो कि पछि ब्यवसायीकरण पनी गर्ने ? उनी फिस्स हास्दै भनीन् —“ ब्यवसायीक बन्छु घरकै काम गरेर बस्नु भन्दा यस्तै गरेर पैसा कमाउँनु पर्ने रैँछ अव त बुझेँ आफनो हातमा सिप भएपछि पैसा पनि हुनेरैछ । तालीम लिईसकेपछि आफु जस्तै अरु महिलालाई पनि सीकाउँन उद्धेश्य लिएकी छु ।

” यस्तै कपडामा बुटट भरीरहेकि अस्मीता बुढाथोकि वडामा महिलाहरुका लागि बुटिक कडाई तालीम संचालन गरेको भन्दै खुसी ब्यक्त गरिन् । घरमा के गरम के नगरम भनेर बसेको बेला महिलाहरुको क्षमता देखाउँने यो तालिम लीन पाउँदा आफुलाई अवसर नै जुरेको जस्तो लागेको बताईन् । उनले भनिन् यस्तो तालीम पाएकै थिएनम वडामा यो कार्यक्रम प¥यो खुसी लागेको छ ।


ADVERTISEMENT

  



सिता वि.क वडा न. ३ बाट तालीममा सहभागीता जनाएकि रहिछन् । यो तालीम उनका लागि नौलो लाग्यो । सिता वि. क ले भनीन् महिलाहरुका लागि यस्तै तालीम संचालन गरिदियो भने पछि सम्म दिगो रहनेछ ।

म तालीम लिईसकेपछि ब्यवसाय नै संचालन गर्ने सोचमा छु वि.क ले भनीन् । यो भनाई दंगीशरण गाउँपालिका वडा न. ४ मा संचालन गरिएको ४५ दिने बुटिक कडाई तालिममा सहभागी महिलाहरुको हो ।

उनीहरु आफुहरका लागि यो नौलो तालिम रहेको बताउका छन् ।

अवका दिनमा महिलाहरुका लागि यस्तै ब्यवसायमूलक तालीम संचालन गरिदिन पनि आग्रह गरेका छन् ।

दंगीशरण गाउँ पालिका वडा न. ४ को आयोजनामा संचालन भएको बुटिक कडाई तालीमको प्रशिक्षकमा रेखा बस्नेत रहनु भएको छ । तालिममा ९ जना महिलाहरुको सहभागिता रहेको छ ।

वडा न. ४ का अध्यक्ष नेव बहादुर कवँरको अध्यक्ष्ता एंव गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको प्रमूख आतिथ्यता तथा उपाध्यक्ष पिमा कुमारी खड्को विशीष्ट आतीथ्यतामा तालीम उद्घाटन गरिएको हो ।

प्रतिकृया

प्रतिकृया