लक्ष्मण बस्नेत,तुलसीपुर
७ जेठ/ कलाकार र पत्रकारबीच तुलसीपुरमा भएको मैत्रीपुर्ण खसी कप फुटबल प्रतियोगितामा कलाकारको समूहले जीत हाँसिल गरेको छ ।

चलचित्र पत्रकार संघ दाङको आयोजनामा सञ्चालित प्रतियोगितामा पत्रकारको समूहलाई शून्यका विरुद्ध ४ गोल अन्तरले पाखा लगाउदै कलाकारको समूह बिजयी भएको हो । उसले खसी हात पा‍¥यो ।

प्रतियोगिताको समापन समारोह चलचित्र पत्रकार संघका अध्यक्ष ध्रुबराज न्यौपानेको अध्यक्षता तथा दाङ जिल्ला फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठको प्रमुख आतिथ्य एवं नेपाल पत्रकार महासघका निवर्तमान अध्यक्ष सुदिप गौतमको बिशिष्ट आतिथ्यमा भएको थियो । सहजीकरण सचिब सन्तोष केसीले गरेका थिए ।


ADVERTISEMENT

  


 


प्रतिकृया

प्रतिकृया