तुलसीपुर
७ जेठ/ तुलसीपुर नगर जेसिजको जेसिज सप्ताह कार्यक्रम अन्तर्गत छैठो दिन निशुल्क मोबाइल मर्मत तथा सर्भिस कार्यक्रम सम्पन्न भएको छ ।

तुलसीपुर नगर जेसिजमा आबद्ध मोबाईल व्यावसायिको प्राबिधिक सहयोगमा तुलसीपुर स्थित जेसिज चोकमा २०१ जनाको निःशुल्क मोबाईल मर्मत तथा सर्भिस गरिएको छ ।

मानवताको सेवा नै जिबनको सर्वोतम कार्य हो भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै विशेषगरि आर्थिक अबस्था कमजोर भएका हरुलाइ केही सहुलियत र सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएका प्रबक्ता नारायण भट्टराईले बताए ।


ADVERTISEMENT

  


 


कार्यक्रम संयोजक तथा तुलसीपुर नगर जेसिजका उपाध्यक्ष सुरज भण्डारीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा जेसिजका पूर्ब अध्यक्ष बिमल पौडेल, विशिष्ट अतिथि तुलसीपुर मोबाईल तथा इलेक्ट्रोनिक समितिका अध्यक्ष दुर्गा प्रसाद भुसाल ,प्रमुख अतिथि तुलसीपुर उद्योग बाणिज्य संघका कार्यबाहक अध्यक्ष राम प्रसाद चालिसेले सुभकामना व्यक्त गरेका थिए ।

अध्यक्ष मेघराज घिमिरेको अध्यक्षता रहेको कार्यक्रममा जेसिज सप्ताहको बारेमा जानकारी सप्ताह मूलसंयोजक केसबराज केसीले गरेका थिए, भने सहजीकरण महासचिव मोहन सुनारले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया