सल्यान
११ जेठ/ रोल्पाबाट दाङ तर्फ लैजान लागेको काठ सल्यान कपुरकोटबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

शनिबार विहानै २ बजेतीर काठ र गाडी नियन्त्रणमा लिइएको प्रहरी चौकी कपुरकोटले जानकारि गराएको छ ।

चेकजाँचको क्रममा कपुरकोट स्थीत चेक पोष्टबाट रा १ ज ४५६ नम्बरको गाडीमा २० वटा काठको कडि फेला पारिएको प्रहरी सहायक निरिक्षक रोमहर्ष गौतमले जनाए ।


ADVERTISEMENT

  


 


निकासिका लागी बैधानिकता नपाएको उक्त काठ, गाडी र चालक जीत बहादुर ओलीलाइ आवश्यक कारवाहि प्रक्रियाका लागी इलाका प्रहरी कार्यालय लुहाम पठाइएको गौतमल जनाए ।

रोल्पाको माडि गाउँपालिका १ तुसारपानीबाट दाङ तुलसिपुर तर्फ काठ लग्न थालिएको थियो । तुलसिपुरमा घर निर्माण गर्न लागेकाले आफ्नै जमिनको रयाँज जातको काठ लग्न थालेको चालक जीत बहादुरका भाइ हरि ओलीले जानकारि गराए ।

प्रतिकृया

प्रतिकृया