घोराही,
२४-जेठ /  घोराहीमा आगामी असार ११, १२ र १३ गते नगर स्तरीय अन्तर मावि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।

घोराही उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाको सहयोगमा नेपाल पुलिस स्कुलको आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो ।

पुलिस स्कुलका प्रहरी निरीक्षक रविन बिष्टको अध्यक्षता एवं खेलकुद महाशाखा प्रमुख विनोद गौतमको प्रमुख आतिथ्यता र खेलकुद विकास समितिका कोषाध्यक्ष कैलाश रोकामगरको बिशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा नगरका मावि तह सञ्चालनमा रहेका विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।


ADVERTISEMENT

  



नगर स्तरीय अन्तर मावि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एथलेक्टीस, ज्यावलिङ थ्रो, लङजम्प, हाईजम्प, कवडी, भलिबल र सटफुट खेलहरु हुने भएका छन् । त्यसैगरी नगर स्तरीय अतिरिक्त क्रियाकलाप अन्तरगत बक्तृत्वकला, निबन्ध र लोक नत्य प्रतियोगिता समेत हुने भएका छन् ।

प्रतियोगिता सञ्चालनका लागि आबस्यक तयारी थाल्ने र मर्यादित बनाउने समेत छलफलबाट निर्णय भएको छ । कार्यक्रमको सहजिकरण शिक्षा महाशाखाका शाखा अधिकृत नारायण पौडेलले गरेका थिए  ।

प्रतिकृया

प्रतिकृया