बंगलाचुली
२० असार / दाङको बंगलाचुली गाउँपालिकामा कृषि विज्ञानको पढाई सुरुभएको छ ।

गाउँपालिकाको वडा नम्बर ५ मा रहेको सुुधा मावि झेल्नेटामा प्राविधिक धारको कृषि विज्ञानको पढाई सुरुभएको हो ।
कक्षा ९–१२ तथा साधारणधार तर्फ कक्षा ११ मा पढाउने र पढ्ने गरी प्राविधिक धार तर्फको कृषि पढाईको शुक्रवार सभामुख कृष्णबहादुर महराले उद्घाटन गरेका हुन ।

पढाई सँगै सिप र ज्ञान दिने शिक्षालाई प्राथमिकता दिदै भुगोल अनुसार कृषि शिक्षा सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिए ।


ADVERTISEMENT

 



कृषि शिक्षा पढाईको उद्घाटन गर्दै सभामुख महराले प्राविधिक धारको शिक्षा अहिलेको आबस्यकता भएको बताए । अहिले सम्मको शिक्षा जीवन उपयोगि र व्यवहारीक नभएको भन्दै अब पढाई सकिदा सिप र क्षमता लिएर फिल्डमा जाने शिक्षा दिन सरकार केन्द्रित भएको उनको भनाई छ ।

अबको शिक्षा बेरोजगार उत्पादन नभई सिप र रोजगार दिने खालको हुने भन्दै ठाउँ, सम्भाबनालाई मध्यनजर गर्दै प्राविधिक धारको पढाई हुने स्पष्ट पारे । कार्यक्रममा बोल्ने बक्ताहरुले अबको शिक्षा व्यवहारीक र गरेर खाने बनाउनै पर्नेमा जोड दिएका छन् ।

प्रतिकृया

प्रतिकृया