तुलसीपुर
२६ असार/ दाङमा जंगली च्याउँ खाँदा तीन जना बिरामी परेका छन् । बुधबार दाङ घोराही १३ डुम्बरगाउँका २१ बर्षीय स्वदेशी घर्ती, सोही ठाउँका ४७ बर्षीय माया रोका र सोही ठाउँकै ३४ बर्षीय दमय रोका बिरामी परेका हुन् ।

उनीहरुलाई बुधबार नै उपचारका लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोद बिक्रम शाहका अनुसार उनीहरुको अबस्था सामान्य रहेको छ ।

 



ADVERTISEMENT

  


 


प्रतिकृया

प्रतिकृया