तुलसीपुर,
२६ असार / दाङमा लागुऔषधसहित चारजना पक्राउ परेका छन् । डाइजापाम २ एमएल लेखेको १० थान र नुफिन २ एमएल लेखेको १० थान गरी २० थान आगुऔषधसहित घोराही उपमहानगरपालिका १३ डुमरगाउँमा बस्ने च्याङरा भन्ने हिक्मत रोकामगरसहित चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

साथै रोकासंगै केशव डाँगी, रमेश बुढामगर र दामबहादुर पुनलाई पक्राउ गरिएको हो । उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार मुद्दा दर्ता गरी अनुसन्धान गरिने प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोदबिक्रम शाहका अनुसार रोकाको डेरा रहेको घरको शौचालयमा लुकाइछिपाई राखेको अवस्थामा उक्त लागुऔषध बरामद गरिएको हो ।


ADVERTISEMENT

 



प्रतिकृया

प्रतिकृया