घोराही,
३ असार / राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्यदेखी जटिल प्रकृतिक करीव एक हजार बढि अप्रेसन भएका छन् ।

गएको पुसदेखी असारको दोस्रो हप्तासम्म प्रतिष्ठानले दिएको तथ्याङ्क अनुसार साना तथा जटिल प्रकृतिका ९ सय ११ वटा अप्रेसन भएको हो ।
प्रतिष्ठानको स्रोत साधनको अधिकतम सदुपयोग गरेर प्रतिष्ठान स्थापना भएपछि अहिलेसम्मको रेकर्ड अनुसार यति ठुलो सख्यामा उपचारमा आउने विरामिको सामान्य तथा जटिल प्रकृतिका अप्रेसन भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यवाहक भिसि प्रंसुति रोग विशेषज्ञ डा. बसन्त लामिछानेले बताए ।

अप्रेसनको सख्यामा प्रशुतिका सामान्य देखी जटिल अप्रेशन जोडिएको छैन । प्रतिष्ठानमा भएको अप्रेशनमा प्रसुतिको सेवा लिन आउने महिलाहरुको सख्याको तथ्याङ्क जोड्दा एक हजार ९ सय ७४ पुग्ने बताए ।


ADVERTISEMENT

 


प्रतिष्ठानले दिएको जानकारी अनुसार सामान्य प्रसुति सेवा ६ सय ७ जनाले, गम्भिर प्रकृतिको २ सय ६ जना र जटिल प्रकारका प्रसुति सेवा २ सय ५० जना महिलाहरुले लिएका छन् । कार्यवाहक भिसि लामिछानेले प्रतिष्ठानमा आउने सुत्केरी महिलाहरुलाई निशुल्क प्रसुति सेवा दिएको भन्दै प्रतिष्ठानले दिइरहेको प्रसुति सेवाको वारेमा गलत प्रचार गरीएको बताए ।

उनले प्रसुति रोग विशेषज्ञमा आफु मात्रै रहेको र जनशक्तिको कमिले अपेक्षा अनुरुप सेवा दिन नसकिएको बताउदै जनशक्ति थपिएमा सेवालाई प्रभावकारी बनाउन सकिने बताए ।

डाक्टर पनि ब्यक्ति भएकाले आफुहरुको वाध्यता बुझीदिन पनि उनले सबैमा आग्रह गरेका छन् । प्रतिष्ठानले दिएको जानकारी अनुसार सर्जनमा सामान्य १ सय ८५ जना र जटिलमा १ सय १२ जना विरामीहरुको अप्रेसन गरीएको छ । यसअघि सामान्य भन्दा सामान्य अप्रेसन निजि अस्पतालमा सरकारी चिकित्सकहरुले महङ्गो मुल्य लिएर गर्दै आएका थिए ।

त्यस्तै सर्जनमा विस्तारीत स्वास्थ्य सेवा अन्तरगत सामान्य १ सय १२ र गम्भिर २ सय १५ जना विरामिको अप्रेसन गरीएको प्रतिष्ठानका शाखा अधिकृत झंकार लामिछानेले जानकारी दिए ।

अर्थोपेडिक(हाडजोर्नि) सम्वन्धि सामान्य ८४ र जटिल ९८ जना विरामिको अप्रेसन गरीएको छ भने विस्तारीस स्वास्थय सेवामा सामान्य एक जना र जटिल ६८ जना विरामिको अप्रेसन गरीएको छ ।

यसैगरी नाक कान घाटि(इएनटि) सामान्य ३६ जनाको अप्रेसन गरीएको छ ।  प्रतिष्ठानमा कार्यरत चिकित्सकहरुले वाहिर अभ्यास गर्न नपाउने प्राबधानपछि सबै अप्रेसन प्रतिष्ठानभित्रै हुँदै आएको छ ।

प्रतिष्ठानले सरकारी कार्यालयको समयपछि थप छिटो छरीतो इमरजेन्सि सेवाका लागि दिउसो पेइङ क्लिनिक सेवा सञ्चालन गर्दै आएको छ ।

यसअघि प्रतिष्ठानले साविक राप्ती उपक्षेत्रीय अस्पताल हुँदा वार्षिकरुपमा न्युन अप्रेसन हुने गरेको र प्रतिष्ठान आएपछि अस्पतालमा अप्रेसन हुनेको सख्यामा बढोत्तर अवस्थामा रहेको प्रतिष्ठानका कार्यवाहक निर्देशक हाडजोर्नि विशेषज्ञ डा. सागर क्षेत्रील बताए ।
केही समय अगाडि प्रतिष्ठानले विभिन्न निजि क्लिनिक तथा अस्पतालमा कार्यरत रहेको सुचना पाएपछि छानविन गरेर कारवाही गरीसकेको छ ।

प्रतिकृया

प्रतिकृया