तुलसीपुर
२७ साउन / अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बृद्धाश्रममा सहयोग गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) शान्तिनगर गाउँ कमिटि अन्तर्गत युवा तथा खेलकुद बिभागको आयोजनामा तुलसीपुर १२ स्थित बृद्धाश्रममा फलफुल तथा खाद्यान्न सहयोग गरिएको हो ।

नेकपा शान्तिनगर गाउँपालिकाका युवा तथा खेलकुद बिभाग संयोजक प्रेमबहादुर ओलीको पहलमा फलफुल तथा खाद्यान्न सहयोग गरिएको हो । युवा दिवसलाई फरक तरिकाले मनाउने सोँच अनुसार यो कार्यक्रम गरिएको ओलीको भनाई छ । यस्ता दिवसमा भाषणमुखी कार्यक्रम भन्दा पनि परिमाणमुखी बनाउनु पर्ने भन्दै आफुहरुले यस्तो कार्यक्रम गरेको बताए ।

 



ADVERTISEMENT

  


 


आफुहरुको सानो सहयोगले पनि दुःखी, पीडितहरुको अबस्थामा सुधार हुने उनको भनाई थियो । त्यस अवसरमा नेपाल कम्युनिष्ट पार्टी, (नेकपा) दाङका सदस्य राधिका परियार, नेकपाका शान्तिनगरका सचिब गोबिन्द भण्डारी, तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य दिला परियार, नेकपाका युवा नेता मार्सल जिसी, लिला बिक, एकराज बस्नेत, जीवन खड्कालगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया

प्रतिकृया