ओमप्रकाश गुप्ता,लमही
४ भदौ/ दाङको देउखुरीमा बेवारिसे शव फेला परेको छ । लमही नगरपालिका वडा नं.६ अर्जुनखोलामा बुधवार बेवारिसे शव फेला परेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रज्वल थपलियाले जानकारी दिएका छन् ।

स्थानीयले शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । घटना स्थलमा वडा प्रहरी कार्यालयको टोली पुगेको छ । शव कसको हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिकृया

प्रतिकृया


ADVERTISEMENT