तुलसीपुर,
२७-भदौ / दाङमा लागुऔषधसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । ब्राउन सुगरसहित तुलसीपुर उपमहानगरपालिका वडा नं.६ निवासी २३ बर्षीय विपिन भनिने बिक्रम जंग मल्ललाई प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर १२ जसपुरबाट विहीवार बेलुका साढे ७ बजेतिर पक्राउ गरिएको हो । मल्लले प्लाष्टिकको डिब्बामा ३ वटा पुरिया बनाई लुकाई छिपाई राखेको अवस्थामा ४ ग्राम १० मिलिग्राम ब्राउन सुगर फेला पारिएको प्रहरीले जानकारी दिएको छ । यस बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रतिकृया

प्रतिकृया


ADVERTISEMENT