तुलसीपुर,
१४-असोज / वन डिभिजन कार्यालय देउखुरीको भवन लमहीमा बन्ने भएको छ । लमही नगरपालिका वडा नं. ४ स्थित तत्कालिन पारिजात महिला सामुदायिक वनको खाली क्षेत्रमा बनाउने निर्णय भएको छ ।

उक्त भवन निर्माणकालागि एक करोड बजेट विनियोजन गरेको छ । साथै आईतबार यस बिषयमा छलफल समेत भएको छ । बैठक तथा कार्यक्रममा प्रदेशसभा सदस्य रेवतीरमण शर्माले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई प्रभावकारी र सफल बनाउन आग्रह गरे ।

त्यस अवसरमा प्रदेशसभा सदस्य इन्द्रजित थारु, दामा शर्मा, प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी, राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसी लगायतको सहभागीता रहेको थियो ।

 



ADVERTISEMENT

  


 


प्रतिकृया

प्रतिकृया