लक्ष्मण बस्नेत,काठमाडौ
२० कार्तिक/ काठमाडौमा बुधवार सम्पन्न नेशनल युथ बक्सिङ च्यापिएनसिपमा दाङका अनिल कुमार पुन मगर ले स्वर्ण पदक हात पारेका छन्।
नेपाल बक्सिङ संघको आयोजना तथा रास्ट्रीय खेलकुद परिषद सहयोगमा संचालित फस्ट अण्डर नाईन्टिन नेशन युथ बक्सिङ च्याम्पिएनसिपको ६० के.जि तौल समुहमा बाके जिल्लाका ईन्द्र सुनारलाई फाईनलमा पराजित गर्दै अनिल ले स्वर्ण पदक हात पारेका हुन् ।

त्यस्तै ४९ के.जि तौल समुहमा नक्साल बक्सिङ क्लबका खान अलि संग फाईनलमा पराजित दाङ का सुरज ओलि भने सम्मानजनक हार ब्यहोर्दै रजत पदक मा चित्त बुझाउन बाध्य भए।

कार्तिक १६ गते देखि संचालित नेशनल युथ बक्सिङ च्याम्पियनसिपमा दाङ जिल्लाले पुरुष तर्फ ४९,५२,५६, ६० र ७५ केजि तौल समूह र महिला तर्फ ४८ केजि तौलमा खेलाडी सहभागी गराएको थियो ।

जसमध्य दाङले पुरुष तर्फ एक स्वर्ण र एक रजत पदक हात पार्न सफल भएको दाङ जिल्ला बक्सिङ संघका अध्यक्ष तथा प्रशिक्षक राजु थापाले जानकारी दिएका छन्।

प्रतिकृया

प्रतिकृया