तुलसीपुर
२३ कात्तिक / दलित समुदायलाई हेर्ने दृष्टिकोण परिबर्तन हुनुपर्ने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।

दलित सेवा संघ दाङको तुलसीपुरमा भएको २४औं बार्षिक साधारणसभामा बक्ताहरुले आर्थिक रुपले शसक्तिकरण नहुँदासम्म दलित समूदायलाई राज्यको मूल प्रभावहमा ल्याउन नसकिने समेत बताएका छन् ।

उनीहरुले गरिब , विपन्न, भूमिहिन तथा सुकुमबासी दलित समुदाय लक्षित कार्यक्रम सञ्चालन गर्नु पर्ने बताए ।

दलित सेवा संघका उपाध्यक्ष लिला विश्वकर्माको अध्यक्षता एवं तुलसीपुर उपमहागनरपालिका कार्यापालिका सदस्य अमर नेपाली (माईकल)को प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

सो अवसरमा कोषाध्यक्ष किरण विश्वकर्माले आर्थिक र सांगठनीक प्रतिवेदन सन्तोष चनाराले प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल राष्ट्रिय दलित समाज कल्यान संघका केन्द्रीय उपाध्यक्ष जोगेन्द्र विश्वकर्मा, दलित सेवा संघका केन्द्रीय सह–अध्यक्ष भूमि विश्वकर्मा, दलित सेवा संघ दाङका बरिष्ठ सदस्य निमबहादुर विक, युवा व्यवसायी उमलाल विश्वकर्मा लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

संघका सचिव रामबहादुर नेपालीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण संघका कार्यक्रम अधिकृत छवि परियारले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया