शिबराज पन्थी,गढवा
८ मंसिर / गढवा गाउँपालिका महिला तथा वालवालिका शाखाको आयोजना र बिभिन्न संघसंस्थाहरुको समन्वय सहकार्यमा मंसिर १२ गतेदेखि लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान संचालन गर्ने भएको छ ।

गाउँपालिकामा सम्पन्न संयुुक्त बैठकले अभियान सुुरु गर्ने निर्णय गरेको हो । जसको लागि गढवा गाउँपालिका,सबै वडा कार्यालयहरु,रेडक्रस,आम्दा नेपाल,सिपी नेपाल,नवस्वर्गद्धारी तथा हिमाल महिला सहकारी,दलित शसक्तिकरण अभियान र सामुुदायिक स्रोत ब्यवस्थापन लगायतका सबै संघसंस्थालाई समेटेर गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीको संयोजकत्वमा मुुल समारोह समिति गठन गरिएको महिला तथा वालवालिका शाखाप्रमुख इश्वरा रावतले जानकारी दिईन ।

जसको सदस्य सचिवमा महिला वालवालिका शाखाप्रमुुख इश्वरा रावत र सदस्यहरुमा कमला आचार्य,रेखा थापा,मधा न्यौपाने,मिना गुुरुङ,जया बिशवकर्मा,चञ्चला चौधरी,जुुनुु चौधरी रहेका छन । कार्यक्रम यहि मंसिर १२ गतेदेखी सुुरु गरि गाउँपालिकाका सबै वडाहरुमा सम्पन्न गर्ने निर्णय भएको छ । जस अनुुसार वडा नं. ८ मा मंसिर १२ गते गर्नेगरि जया बिश्वकर्मालाई संयोजक तोकिएको छ भने वडानं. ७ मा मंसिर १६ गते सम्पन्न गर्न रेखा थापालाई संयोजक तोकिएको छ ।

 



ADVERTISEMENT

  


 


यसैगरि वडानं. ६ मा मंसिर २२ गते मधा न्यौपाने,वडा नं. ४ मा मंसिर १८ गते कमला आचार्य,वडा नं. ५ मा जुुनुु चौधरी,वडा नं. ३ मा मंसिर १९ गते चञ्चला चौधरी,वडा नं. २ मा मंसिर २० गते रामपति चौधरी र वडा नं. १ मा मिना गुुरुङ लाई संयोजक तोकिएको गाउँपालिकाको महिला वालवालिका शाखाले जनाएको छ । वडानं. १ र ५ मा मिति तय गर्न बाँकी रहेको र संयोजकलाई जिम्मा दिइएको बताइएको छ । कार्यक्रम सचेतना मुुलक ¥याली,प्रशिक्षण र अन्तरक्रिया गरेर मनाउने भएको संयोजक शान्ती चौधरीले जानकारी दिईन ।

प्रतिकृया

प्रतिकृया