दैलेख,
१३-मंसिर / दैलेखको गुरासेँ गाउँपालिका ४ मुग्राभन्ने स्थानमा हाइस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सुर्खेतदेखि दैलेख आउँदै गरेको भे १ ज १०२९ नम्बरको हाइस शुक्रबार बिहान दुर्घटना भएको हो।

दुर्घटनामा घटनास्थलमै ३ जनाको मृत्यु भएको भने ७ जना घाइते भएका छन् । घाइतेहरुको रानीमत्ता प्रहरी चौकीबाट पुगेका प्रहरी र स्थानीयहरुले उद्धार गरिरहेका छन् । दुर्घटनाबारे पूर्ण विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

प्रतिकृया

प्रतिकृया