तुलसीपुर
१४ मंसिर / शनिबार दाङको क्षेत्र नं. ३ को प्रदेशसभा २ र घोराही उपमहानगरपालिका वडा नं. १६ मा भएको निर्वाचनलाई सभ्य, स्वतन्त्र र निष्पक्ष बनाउनकालागि राष्ट्रिय निर्वाचन पर्यवेक्षक समिति (नियोक) ले पर्यवेक्षण गरेको छ ।

नियोकका दाङ शाखा सभापति बिनोदकुमार श्रेष्ठ, केन्द्रीय सदस्य शोभाकर बुढाथोकी, प्रदेश नं. ५ का संयोजक सुरेश गौतम, दाङ शाखा उपसभापति निरज श्रेष्ठ, कानुनी सल्लाहकार मोहन धिताल, महासचिब टेकन कडेंल, कोषाध्यक्ष सन्तोषकुमार गुप्तालगायतको टोलीले बिभिन्न निर्वाचन स्थलको पर्यवेक्षण गरेको हो ।

साथै नियोकले अन्य १८ जना पर्यबेक्षकलाई मतदान स्थलमा खटाएको थियो । घोराही उपमहानगरपालिका वडा नं. १६ को आधारभुत विद्यालय सानीअम्वापुर, श्रीजनशील आधारभुत विद्यालय बाहुनडाँडा मतदान केन्द्रको पर्र्यवेक्षण गरेको हो ।

 



ADVERTISEMENT

  


 


त्यस्तै दाङ क्षेत्र नं. ३ को प्रदेशसभा २ मा पर्ने बिरेन्द्र माबि सुनपुर, बिपी कोईराला माबि, शान्तिनगर गाउँपालिका, जनकल्यान माबि सिमसुन्दरपुर, बिरेन्द्र माबि शान्तिनगर १, भानुभक्त माबि पञ्चकुले, जनकल्यान माबि बबई ५, जनता आधारभुत विद्यालय ववई ५, नेपाल राष्ट्रिय आधारभूत विद्यालय, जनता आधारभुत विद्यालय बुटनिया, सिद्ध पृथ्वी जनता माध्यामिक विद्यालय श्रीगाउँ, बिरेन्द्र माबि हेकुली, रात्री प्राबि बैबाङ, आधारभूत विद्यालय कटाहा, जनजागृति माबि पातुबनगाउँका बिभिन्न विद्यालयको पर्यवेक्षण गरेको हो ।

पर्यवेक्षणका क्रममा सबै मतदान स्थलमा शान्तिपूर्वक, स्वतन्त्र तथा निष्पक्ष मतदान भएको नियोक दाङका सभापति श्रेष्ठले बताए ।

प्रतिकृया

प्रतिकृया