तुलसीपुर
१६ मंसिर / दाङ तुलसीपुरका एक युवाले आफ्नो जन्मदिनको अवसरमा गरीब तथा असहाय समुदायका परिवारलाई धान वितरण गरेका छन् ।

तुलसीपुर उपमहनगरपालिका वडा नं. ९ दोघरे निवासी दिपेन्द्र वलीले आईतबार परेको जन्मदिनमा तुलसीपुर उपमहनगरपालिका वडा नं. ५ स्थित ज्ञान ज्योति आधारभुत विद्यालयमा अध्ययनरत १० विद्यार्थीका अभिभावकलाई धान वितरण गरेका हुन् । आफ्नो जन्मदिनमा फजुल खर्च गर्ने क्रम बढेको भन्दै यसलाई न्यूनिकरण गर्न आफुले यो कार्यको थालनी गरेको उनको भनाई थियो ।

उनले जन्मदिनमा २५ हजार बराबरको धान वितरण गरेका हुन् । त्यस अवसरमा तुलसीपुर ईन्जिनियरिङ कलेजका प्रिन्सिपल अमृत कडेँलले अनावश्यक खर्च गर्नुभन्दा यसरी सबैले सामाजिक कार्य गर्नुपर्ने बताए ।

 



ADVERTISEMENT

  


 


कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का सचिब सञ्जय गुप्ता, जीवन ओली, मदन लामिछाने, बिमल भण्डारी, खीमा विक, दिपेन्द्र वली, हेमन्त वली, तेजबहादुर डाँगीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । डिके गु्रप प्रालिका सञ्चालक खगेन्द्रकुमार राणको अध्यक्षतमा भएको कार्यक्रमको सञ्चालन विद्यालयका ज्ञानज्योति बिद्यालयका शिक्षक मेघराज घिमिरेले गरेका थिए । वली तुलसीपुर ईञ्जिनियरिङ कलेज र डिके एग्रो फार्म प्रालिका संस्थापक हुन् ।

प्रतिकृया

प्रतिकृया