घोराही,
२०- मंसिर / जिल्ला स्तरिय पर्यटन प्रवद्र्धन समितिले दाङका सबै गाउँपालिकामा वर्षै भरि कार्यक्रमगर्ने भएको छ । समितिको शुक्रवार घोराहीमा बसेको वैठकले यस्तो निर्णय गरेको हो ।

वैठकले हरेक महिनामा सन्देशमुलक तरिकाले पालैपालो सबै गाउँपालिकामा कार्यक्रम गर्ने, सन २०२० लाई पर्यटन वर्षकारुपमाभव्य सफल बनाउन पर्यटन समितिको कार्यालय जिल्ला समन्वय समितिदाङमा खोल्ने, जिल्लाका सबै गाउँपालिकामा गाउँपालिका स्तरको समिति गठन गर्ने, जिल्लामाहुने जतिपनि कार्यक्रम हुन्छन् त्यसलाई पर्यटन वर्षसँग जोडेर लैजानकालागि अनुरोध गर्ने निर्णय गरिएको छ ।

समितिका जीतेन्द्र मान नेपालीको अध्यक्षत्ता एवं प्रदेश सांसद अमरबहादुर डाँगीको प्रमुखआतिथ्यतामा सम्पन्न वैठकले पर्यटन वर्ष २०२० को भव्य स्वागतका लागि जनबरि १ अर्थात पुस १६ गते भव्य उद्घाटन कार्यक्रमगर्ने, कार्यक्रमलाई व्यवस्थित गर्नका लागि केवि मसाललाई कार्यक्रम संयोजकको जिम्मेवारी दिईएको छ । यसैगरी भुवन चौधरी र खलुप्रसाद पुन रहेकेको सांस्कृतिक व्यवस्थापन उसमिति, श्रीधर शर्माको संयोजकत्वमा सरसफाई, सविन प्रियासनको संयोजकत्वमा प्रचार,प्रसार, तारा देबकोटाको संयोजकत्वमा अतिथि सत्कार, प्रेमकुमार पुनको संयोजकत्वमा मञ्चव्यव स्थापन, रुद्र बहादुर डाँगीको संयोजकत्वमाआबास तथाभोजन, ध्रुबकुमार श्रेष्ठको संयोजकत्वमा यातायातव्यवस्थापन उपसमिति गठन गरिएको छ ।

उपसमितिलाई केही दिनमै बिस्तार गरिनेछ । पर्यटन वर्षलाई भव्य बनाउनका लागि विभिन्न क्षेत्रको सहभागिताम ाजितेन्द्र मान नेपाली संयोजक, श्रीधर शर्मा पौडेल, डा. शिव सुवेदी, केविमसाल, भुवन चौधरी, खलुप्रसाद पुन, रामगोपालयादब, जागेश्वर घिमिरे, ध्रुबकुमार श्रेष्ठ, बिरु रावत, रबिलालआचार्य, रुद्रबहादुर डाँगी, हेमन्तप्रसाद पाण्डे, इश्वर पाण्डे, टेकेन्द्र राजअधिकारी, प्रेमकुमारी पुन, हुमा डिसी, तारा देबकोटा, कुसुम चौधरी, सविनप्रियासन सदस्य र काशीराम गैरे सदस्य सचिव रहेको जिल्लास्तरीय पर्यटन प्रवद्र्धन समिति गठन गरिएको छ । समितिको काम कारवाहीलाई चुस्तदुरुस्त बनाउनका लागि ११ सदस्यीय सचिवालय समेत गठन गरिएको छ ।

प्रतिकृया

प्रतिकृया