प्रचण्ड खत्री ,रुकुम पश्चिम
१३ – पुस / बालिकालाई बलात्कार गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् । १४ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा बाँफिकोट गाउँपालिका ९ झुलाका ६९ वर्षीय जसे दमाईलाई प्रहरीले शनिबार पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

कोही नभएको मौका छोपि बालिकालाई बलात्कार गरेको र कसैलाई भनेमा मार्ने धम्की दिएका कारण लामो समयसम्म घटना बाहिर आउन नसकेको उनको भनाई छ । दमाईले घटनाबारे कसैलाई नभन्न बालिकालाई १ हजार रुरुपैयाँसमेत दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी खड्काले बताए ।

उनका अनुसार आफुमाथि भएको दुरव्यवहार सहन नसकी बालिकाले आफ्नो परिवारलाई घटनाका बारेमा बताएपछि उनको परिवारले प्रहरीलाई खबर गरेको थियो । परिवारको जाहेरीका आधारमा दमाईलाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT


  


 


प्रतिकृया

प्रतिकृया