तुलसीपुर,
२८ – पुस / दाङको तुलसीपुर उपमहानगरपालिका वडा न. ११ उरहरीमा सम्बृद्धि र विकासका लागि सहकारीको आबश्यकता एवं सहकारी सम्बन्धि बनेका ऐन कानुन बिषयमा एक दिने अभिमुखिकरण भएको छ । महिलाहरुले सञ्चालन गरेको सिद्धेश्वरी महिला वचत तथा ऋण सहकारी संस्था  उरहरीको आयोजनमा उक्त कार्यक्रम भएको हो ।

त्यस अवसरमा बक्ताहरुले सहकारीकर्मीहरुले सहकारीका ऐन, नियम बुझन आबश्यक रहेको बताएका थिए ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले सहकारी समृद्धिको आधार भएको बताए । कार्यक्रममा वडा नं. ११ का अध्यक्ष चित्रबहादुर वलीले घर ब्यबहारमै दिन बिताउने अधिकासं महिलाहरु सहकारीकर्मीको रुपमा आफुलाई विकास गराईरहेकोमा खुसी ब्यक्त गरे । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाको सहकारी शाखाका प्रमुख गिरीराज मिश्र, महिला अधिकारकर्मी शुष्मा गिरी, सचिब रमा लामिछाने, कोषाध्यक्ष निर्मला महतरालगायतले मन्तब्य ब्यक्त गरेका थिए  ।

कार्यक्रममा उक्त सहकारी सञ्चालक समिति,लेखा समिति,ऋण उप–समिति,शिक्षा समितिका गरी १३० जनाको सहभागिता थियो । सहकारीका ब्यबस्थापक साबित्रा ओलीले कार्यक्रमको सञ्चालन गरेका थिए । सहकारीका अध्यक्ष सुष्मा शाहको अध्यक्षतामा कार्यक्रम भएको हो ।

ADVERTISEMENT


  


 


प्रतिकृया

प्रतिकृया