तुलसीपुर
४ माघ / दलित सिप विकास एवं उत्थान केन्द्र दाङको अध्यक्षमा पुन : राधिका परियारलाई चयन गरिएको छ ।

शनिबार तलसीपुरमा भएको चौथो बार्षिकोत्सव तथा दोस्रो साधारणसभाले राधीकाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

जसको उपाध्यक्षमा भीमकुमारी परियार, सचिबमा हिरालाल सुनार, सह–सचिबमा डिला परियार र कोषाध्यक्षमा छबिलाल परियारलाई चयन गरिएको छ ।

त्यस्तै सदस्यहरुमा सुरेन्द्र दमाई, निर्मल कुमार नेपाली, शुसिल परियारलाई चयन गरिएको छ । अन्य थप तीन जना सदस्यलाई पछि थपिनेछ ।

प्रतिकृया

प्रतिकृया