प्रचण्ड खत्री , रुकुम पूर्व
५ – माघ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा संगठन राष्ट्रिय युवा संघ नेपाल रुकुम पूर्वले एकता प्रक्रिया पूरा भएको छ । रुकुम पूर्वमा ६१ सदस्यीय कार्यसमिति चयन गर्दै एकता प्रक्रिया टुंगिएको हो ।

जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकामा तत्कालीन युवा संघले संयोजक र वाइसिएलले सह–संयोजक पाउने भएको छ भने, भुमे गाउँपालिकामा संयोजक वाइसिएल र सह–संयोजक युवा संघले पाएको हो । यस्तै, सिस्ने गाउँपालिकामा वाइसिएलले संयोजक र युवा संघले सह–संयोजक पाउनेर गरि एकता टुंगिएको हो ।

राष्ट्रिय युवा संघका केन्द्रिय सदस्यहरु संगम रोका र सुनिल रोकाको विशेष उपस्थितिमा जिल्ला संयोजक तिलक रेउले (भास्कर)को अध्यक्षतामा बैठक भएको हो ।

प्रतिकृया

प्रतिकृया