प्रचण्ड खत्री , रुकुम पश्चिम
१३ – माघ / रुकुम पश्चिमको बाफिकोट गाउँपालिका वडा नं. ९ को कार्यलयका महत्वपूर्ण कागजात जलाईएको छ । सोही गाउँपालिकाको झुलाको पुराना गाउँमा रहेको कार्यलयमा अज्ञात समूहले सोमबार राति १० बजेतिर आगजनी गरेका हुन् ।

आगजनीबाट कार्यलयमा रहेका कम्पुटर, प्रिन्टर, कुर्सीलगायतका सामग्री जलेर नष्ट भएको वडाध्यक्ष कबिराम खत्रीले बताए । ति सामग्रीहरु कोठाबाहिर निकालेर आगो लगाईयको प्रहरीले जनाएको छ । वडा कार्यलयको सामान जलिरहेको देखेपछी स्थानीयले प्रहरिलाई खबर गरेका थिए ।

फर्निचरको साथै तीन बर्ष देखिका सम्पुर्ण कागजात जलाईएको वडा अध्यक्ष खत्रीले बताए । १५ जनाको समूहमा आएका ब्यक्तिहरुले आगजनी गरेको उनले बताए । तर उनीहरुको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख नायब उपरीक्षक ठग बहादुर केसीले बताए ।

ADVERTISEMENT


 


 


प्रतिकृया

प्रतिकृया