सल्यान,
१३ – माघ / सल्यानमा दुई स्थानमा एनसेलको टावरमा आगजनी गरिएको छ । सल्यान बनगाड कुपिण्डे नगरपालिका –४ देउलीमा रहेको एनसेलको टावरमा अपरिचित समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।

आईतबार राति टावरमा सञ्चालन गर्न राखिएको जेनरेटर र बिटिएसको तार काटेर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए । यस्तै शारदा नगरपालिका –१३ लेखटाकुरामा रहेको एनसेलको टावरमा पनि आगजनी भएको छ । दुबै घटनामा एकै प्रकृतिको जेनरेटर र बिटीएसको तार काटेर आगजनी भएको डिएसपी ढकेन्द्र खतिवडाले बताए ।

प्रहरीले अहिले घटना स्थल पुगि अनुसन्धान शुरु गरिसकेको जनाएको छ । एनसेल टावरमा आगजनि भए पछि सो क्षेत्र आसपासका वस्तिहरु सञ्चार विहिन भएका छन् । बम डिस्पोजल टोलि घटनास्थल पुग्दा टावरमा संकास्पद बस्तु बम नभइ सामान्य वस्तु भेटिएकाले सो स्थानमा बम नरहेको प्रहरीले पुष्टी गरेको छ । घटनामा संलग्नहरुको खोजीकार्य भइ रहेको छ ।

ADVERTISEMENT


 


 


प्रतिकृया

प्रतिकृया