अछाम ,
२१ – माघ / अछाममा एक वडाध्यक्ष मृत भेटिएका छन् । जिल्लाको पञ्चदेवल विनायक  नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामी मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय, अछामले घटनाको पुष्टि गर्दै वडाध्यक्ष धामीको शव मंगलबार बिहान भेटिएको जनाएको छ ।


                                                                                 ADVERTISEMENT



वडाध्यक्ष धामीको हत्या भएको आशंका आफन्त र स्थानीयले गरेका छन् । प्रहरीले भने घटनाबारे थप अनुसन्धान भइरहेकाले अहिले नै यकिन गर्न नसकिने जनाएको छ ।

प्रतिकृया

प्रतिकृया