घोराही ,
२३ – माघ  / घोराहीमा रिनल्ट कम्पनीले ट्राईबर गाडीको लन्च गरेको छ । विहिवार घोराहीमा एक कार्यक्रमको आयोजना गरी घोराही १६ मा रहेको जोशी भिल्लाले उक्त गाडीको लन्च गरेको हो । उक्त गाडीको मुल्य २८ देखि ३४ लाख सम्म पर्ने जोशी अटो भिल्लाका संचालक आयूश श्रेष्ठले जानकारी दिए । गाडी अत्यन्त आरामदायि र ईस्टाईलिस रहेको छ ।

शुरक्षाका लागि दुईवटा एयर व्याक रहेको संचालक श्रेष्ठले जानकारी दिए । सात सिट रहेको उक्त गाडी पारिवारीक प्रयोगका लागि अत्यन्त लोक प्रिय हुने अनुमान गरिएको छ । सबै सिटमा बस्ने यात्रुका लागि ए.सीको व्यवस्था गरिएको छ । सात सिटरको गाडी यती सहुलिएत मुल्यमा पाईने यो पहिलो गाडी रहेको छ । यूरो चारको मापदण्डमा बनाईएको उक्त गाडी हजार सिसिको भएकाले कम ईन्धन खवत गर्ने र पिकअफ धेरै रहेको जनाईएको छ । यसको बाहिरी बनावट र ईन्टेरीयर अत्यन्त आकर्षक रहनुका साथै आठ ईन्चको एलईडी डिस्प्ले रहेको छ ।

जोशी अटो भिल्लाका संचालक आयुश श्रेष्ठको अध्यक्षता तथा प्रदेश ५ का प्रदेश सभा सांसाद अमर बहादुर डाँगीको प्रमुख आतिथ्यता एवं जोशी फ्रनिचरका अध्यक्ष प्रकाश श्रेष्ठ र राप्ती पोष्ट दैनिकका सम्पादक शरद अधिकारीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रमको सहजिकरण पत्रकार नविन अभिलाषीले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया