तुलसीपुर,
२४ – माघ / नाट्य सम्राट बालकृष्ण समको ११८ औ जन्मजयन्ती शुक्रवार तुलसीपुरमा मनाईएको छ । दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानको आयोजनामा समको जन्मजयन्ती मनाईएको हो ।

दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष डिल्लीराज श्रीधरको अध्यक्षता तथा बृद्धसेवा समितिका अध्यक्ष खुमानन्द अधिकारीको प्रमुख आतिथ्यता कार्यक्रम भएको हो । कार्याक्रममा बोल्ने वक्ताहरुले बहु प्रतिभाका धनी समलाई जति सम्झिए पनि कम हुने बताएका थिए । उनीहरुले समको व्यक्तित्व र कृक्तित्वको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा नवराज रजौरे , टोपबहादुर वली , संगिता उपाध्याय , हरीभक्त केसी , डिल्ली बहादुर वली ,श्रीधर शर्मा, सुमन कुमार थापा , जगत कुमार वली , एक्कु प्रसाद रेग्मी लगाएतले आआफ्नो रचना वाचन गरेका थिए । कृष्ण बहादुर डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव शेषमणि रिजालले गरेका थिए ।

 

 

प्रतिकृया

प्रतिकृया