दाङ,
२ – फागुन / दाङ जिल्ला उद्योग बाणिज्य संघले ५० बर्ष पूरा भएको अबसरमा विविध कार्यक्रम गर्ने जनाएको छ । स्थापना दिवसका अबसरमा विविध प्रतियोगीता आयोजना गर्ने जनाएको हो ।

संघले स्थापना दिवसमा फुटबल, मोटरसाइकल एवं स्कुटी स्लो, हाजिरीजवाफ, व्याडमिन्टन, कुर्सी दौड, रक्तदान, चेस तथा सरसफाई कार्यक्रम गर्ने तयारी गरेको छ । संघका बस्तुगत समितिका संयोजक टंकसिह बुढाथोकीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रतियोगीता सम्पन्न गर्नका लागि विभिन्न ब्यक्तिलाई जिम्मेवारी समेत तोकीएको छ । दाङ जिल्ला उद्योग बाणिज्य संघले चैत ९ गते तयारी गरेको छ । संघ २०२७ सालमा स्थापना भएको हो ।

प्रतिकृया

प्रतिकृया