प्रचण्ड खत्री , रुकुम पश्चिम
३० – फागुन / रुकुम पश्चिममा पछिल्लो समय मुला र रायो खेती प्रती किसानहरुको आर्कषण बढ्दै गएको छ । पहाडी जिल्लामा अबस्थित रुकुम पश्चिमका बेसि फाटहरुमा विउ उत्पादनका लागि किसानहरुले मुला र रायोका खेती तर्फ आकर्षण बढ्दै गएको छ ।

अहिले सानिभेरी नदिका फाटहरुमा गहुँ खेती भन्दा मुला र रायो खेती तर्फ किसानहरु आकर्षण भएको सानिभेरी गाउँपालिका ९ हासिबाङका कृषक भागिराम ओलिले जानकारी दिए । गहुँ रोप्ने कात्तीक र मंसिर महिनामा मुला रायो रोपिन्छ भने बैशाख महिनामा गोरुले दाही हालेर यसको गेडा निकालिन्छ ।  सानिभेरी नदिको माच्मी जिउला , साधनचौर , लोरिबाङ , हासिबाङ , क्षेत्रमा यसको खेती गरिन्छ ।

त्यस्तै चौरजहारी खोलागाउ ,त्रिबेणि गाउँपालिकाको पेतिखेत , नुवाकोट , मुसिकोट नगरपालिकाको झुलखेतमा बिशेश गरि मुला र रायोको खेती गरिन्छ । यसका बाहेक जिल्लाको अन्य ठाउँहरुमा पनि बीउ उत्पादनको लागि खेती गरिन्छ । ठेकेदार आफैले रोप्नको लागि आवश्कता अनुसारको विउ ल्याईदिनु हुन्छ र हामी त्यही विउबाट उत्पादन गर्छौ मुसिकोट नगरपालिका १३ छिबाङ चौताराका कृषक लोकेन्द्र बहादुर ओलि भने । ओलिले अहिले एकसय २० हेक्टर रोपनीमा मुलाको बीउ उत्पादन गरेका छन ।

उत्पादन गरेपछी बजारको त्यति समस्या नभएको उनले बताए ।  गत बर्ष आफुले १ लाख बराबरको मुला र रायोको विउ बेचेको उनले बताए । यो बर्ष गत बर्षको तुलनामा बढि खेतमा मुला लगाएको उनकोे भनाई छ । त्यस्तै मुसिकोट नगरपालिका ३ माच्मिका कृषक देब बहादुर खडकाले पनि गहुँ रोप्न छाडेर खेतमा मुला रायो रोपेका छन । खाध्यान आवश्यक पर्ने जमिनमा गहुँ रोप्ने र ब्यबसायमा भने मुला रायो खेती गरेको खड्ले बताए ।

कृषि पेसा परिवारको आम्दानीको हो, खड्का भने तर संघ , प्रदेश , र स्थानीय सरकारले आफुहरुलाई कुनै पनि किसिमको सहयोग नगरेको दुखेसो व्यक्त गरे । आफुहरुले आफ्नै लगानिमा उत्पादन गरेको र प्रशोधन गर्नको लागि दाङ पठाउनु पर्ने बताए । कृषि पेसामा गहुँ भन्दा मुला र रायो राम्रो र सहज खेती हो । रुकुम पश्चिमबाट बार्षिक रुपमा करोडौंको मुला र रायोको विउ निकासी हुन्छ । अहिले १ केजि मुला २ सय ५० र रायो विउ २ सय ८० रुपैयाँमा बिक्रि हुने गरेको छ ।

प्रतिकृया

प्रतिकृया