प्रिया स्मृती गजमेर, देउखुरी
१२-चैत्र /  लगडाउन गरेको आज बुधबार दोस्रो दिन लमही क्षेत्रका पसल, होटलहरु बन्द देखिए पनि अवज्ञा गर्ने सवारीसाधनको संख्या भने दोब्बर भएको छ ।

दोस्रो दिन पनि कानुनी नियमको पालना गर्नेको संख्यामा कमि नभएपछी लमही प्रहरीले आक्रमक रुपमा प्रस्तुत हुने जनाएको छ । आज बुधबार मात्र वडा प्रहरी कार्यालय लमहीले ट्रक, मोटरसाइकल र साइकल गरि सहत्तरीवटा नियन्त्रणमा लिएको छ ।

ती सामानहरु प्रहरीले नियन्त्रणमा लिन खोज्दा बादबिवाद गरेको भन्दै दुई जनालाई पनि पक्राउ गरेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाले बताए ।

पक्राउ परेका ब्यक्तिलाई सम्झाइ बुझाई छोड्ने गरेको र सवारीसाधन भने आगामी चैत्र अठार गते सम्पर्कमा आउन भनेको प्रहरी निरीक्षक थपलियाले भने । त्यस्तै राप्ती पारिको गढवा, राजपुरतिर पनि प्रहरीले अनुगमन, चेकजाँचलाई निकै कडाईका साथ गरेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत सिंह राठौरले बताए । छिट्पुट रुपमा मानिसहरु सडकमा देखा पर्ने गरेको राठौरले जानकारी दिए ।

प्रतिकृया

प्रतिकृया