सन्जय नाथ, रुकुमपूर्व
१२ चैत / रुकुम पूर्वमा भारतबाट आएका २८ जनालाई क्वारेन्टाईनमा राखिएको छ । भारतमा कोभिड १९ को संक्रमण रहेको र त्यहाँबाट आएका उनीहरुमा पनि संक्रमण हुन सक्ने भन्दै सम्भावित जोखिम न्यूनिकरण गर्न उनीहरुलाई क्वारेन्टाईनमा राखिएको हो ।

उनीहरुर रुकुमको सिस्ने गाउँपालिका निवासी रहेका छन् । गाउँपालिकाले २८ जनालाई क्वारेन्टाईनमा राखेसंगै क्वारेनटाईनमा बस्नेको संख्या ३२ रहेको छ । यसअघि जापानवाट आएका एक जना र भारतवाट आएका ४ जानलाई क्वारेन्टाइनमा राखिएको थियो ।

उनीहरुलाई सिस्ने गाउँपालिका वडा नम्बर ५ स्थित रुक्मिणी माविमा स्थापना गरिएको क्वारेनटाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय रुकुम –पूर्व) का सुचना अधिकारी प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिए ।

साथै जिल्ला अस्पताल रुक्ुम –पूर्व) मा ४८ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । जसमा ३२ जनालाई जिल्ला अस्पतालको प्रत्यक्ष निगरानीमा क्वारेन्टाईनमा राखिएको छ । भने अन्य १६ जनालाई भने होम क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाइएकोे छ ।

साथै जिल्लामा क्वारेनटाईनमा राखिएका व्यक्तिहरुवाट कोही संक्रमित देखिएमा उपचारको लागि औषीध र विरामी चेक जाँचमा प्रयोग गरिने आवश्यक सामाग्रि प्रदेश सरकारसंग समन्वय गरि उपलव्ध गराउन लागिएको जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्र वलीले बताए ।

भारतमा कोरोनाको संक्रमण फैलिएपछि त्रासका कारण मजदुरीका लागि भारत गएकाहरु नेपाल फर्किरहेका छन् । जिल्ला अस्पतालमा भने आवश्यक सामाग्री नहुँदा उनीहरुको प्रभावकारी स्वास्थ्य परिक्षणमा समेत समस्या आउन थालेको छ । जनशक्ति अभाब र आबश्यक सामग्री नहुँदा समस्या रहेको छ ।

प्रतिकृया

प्रतिकृया