तुलसीपुर
१८ चैत / तुलसीपुर उपमहानगरपालिका वडा न. ३ का वडा अध्यक्ष वीर बहादुर बिक(बिजय) ले ३ सय ५० बिपन्न घर परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको छन् । वडा अध्यक्ष बिककोे पहल तथा सहयोगी हातहरुबाट आर्थिक संकलन गरेर उक्त खाद्यान्न सामाग्री वितरण गरिएको हो ।

विश्व मै महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस (काभिड १९)को विषम परिस्थितिमा सामाजिक उत्तरदायित्व बहन गर्दै अध्यक्ष विकले बल्ले, टुनापानी, सित्धारा, बोरागाँउ, गैनाउला, धनबास, प्रतापकोट, नाउलाका बिपन्न परिवारलाई सहयोग वितरण गरेका छन् । प्रत्येक घरलाई २५ किलो चामल र १ लिटर तेलका दर सो सहगोग वितरण गरिएको अध्यक्ष बिकले जानकारी दिए ।

त्यस्तै अध्यक्ष बिकले आफूहरुलाई विपदको घडीमा सहयोग गरेकोमा स्थानीय मन बहादुर घर्तीले खुशी व्यक्त गरेका छन् । उनले भने “वडामा जिताउदा हामी खुसी भएका थिईउ झन आज हामी गरि खाने मान्छेलाई यो महामारी रोगको विरुद्ध सरकारले लकडाउन गर्दा काम गर्न पाएको थिएनौ हामिलाई कसरी छाक टार्ने भन्ने भएको थियो उहाँ आउनु भयो हामी खुसी छाँै ।”

सो खाद्यान्न सामाग्री वितरण कार्यक्रममा बेलुवा चौकी ईन्चार्ज प्रदिप खड्का, स्थानीय समाजसेवी लिलाधर खरेल र विभिन्न राजनीतिक दलका सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिकृया

प्रतिकृया