ज्ञानु गौतम, रुकुम (पश्चिम)
२९ चैत / रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले नयाँ अभ्यास सुरु गरेको छ । विद्यालयको शैक्षिक स्तर बृद्धि गर्नकालागि कक्षा घटाउने निर्णय गरेको छ । चौरजहारी नगरपालिकाको नगरप्रमुख बिशाल शर्माको अध्यक्षतामा बसेको बैठकले विभिन्न बिद्यालयहरुको कक्षा घटाउने सहित १३ वटा निर्णय गरेको हो ।

बैठकले सरकारी तथा सामुदायिक बिद्यालयमा प्रधानाध्यापक नियुक्ति प्रक्रिया अगाडि बढाउने, बिपन्न र सिमान्तकृत बिद्यार्थीलाई नगर शिक्षा नियामावली २०७४ को नियम ५५ अनुसार छात्रबृद्धि उपलब्ध गराउने, अनुमति नलिएर कक्षा सञ्चालन गर्नेलाई कारवाही गर्ने निर्णय गरेको नगर प्रमुख बिशाल शर्माले बताए ।

साथै बैठकले १४ वटै वडामा सञ्चालित सामुदायिक र संस्थागत बिद्यालयहरुको स्थलगत अनुगमन गरी प्रतिबेदन तयार गर्न प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी संयोजक रहेको ४ सदस्य समिति गठन गरको छ । त्यस्तै पोषाक र स्टेशनरी खरिद गरी वितरण गर्ने, वालमैत्री पठनपाठनको व्यवस्था मिलाउने, आबश्यक परार्मश गरि बिद्यालयमा लगाउने रङ्ग तोक्ने लगायतका निणर्य गरको नगर प्रमुख शर्माले बताए ।

प्रतिकृया

प्रतिकृया