प्रिया स्मृती गजमेर, देउखुरी
२८ – वैशाख / वैवाहिक जिवनको बर्षगाँठका अवसरमा देउखुरीका एक दम्पतीले विपन्न घर परिवारलाई राहत वितरण गरेका छन ।

लमही नगरपालिका वडा नम्बर ६ निवासी आषिश पौडेल र कविता वलिले आफ्नो ९ औँ वर्षगाँठको अवसरमा सोही वडाको खैरी गाउँका अति बिपन्न पाँच जनालाई १ क्यारेट अन्डा, २५ किलो चामल, ४ किलो दाल, १ लिटर तेल, १ किलो नुन र साबुन दुई वटाका दरले प्रदान गरेका हुन ।

  वर्षगाँठको अवसरमा प्रायः मानिसहरु आफ्नो गच्छे भन्दा बढी फजुल खर्च गरेर मनाउने गर्दछन तर हामीले यो पटक लकडाउनको मारमा परेका बर्गलाई सहयोग गरौ भनेर गरेका हौ पौडेलले भने । साथै हामीले वर्षगाँठ खुशिले मनाईरहदा बिपन्न बर्गको घरमा चुल्हो नबल्नु दुखको कुरा भएकोले अरु दम्पतीले पनि सिको गरून भन्ने चाहाना आफुहरुको भएको पौडेलको भनाई छ । पौडेल पेशाले कुखुरा पालक हुन ।

बिपन्न बर्गलाई आफ्नै खर्चबाट खाद्यान्न दिन पाउँदा आत्म सन्तुष्टि भएको उनले बताए । काम गरेर खानेहरुको दैनिकी यतिबेला लकडाउनले गर्दा कष्टकर बन्दै गैरहेको छ । पौडेल दम्पतीले वडा नम्बर ६ का वडा सदस्य कृष्ण बहादुर खत्री र पत्रकारहरुको रोहवरमा ती परिवारलाई खाद्यान्न सहयोग गरेका हुन ।

प्रतिकृया

प्रतिकृया