घोराही,
४ – जेठ / घोराही बैंकर्श क्लवले घोराही उपमहानगरपालिकाका ४ वटा वडामा १० क्विन्टल चामल सहयोग गरेको छ ।

कोरोना रोकथामका लागि सरकारले गरेको लकडाउनका समयमा छाक बस्ने अबस्थामा पुग्ने विपन्न तथा श्रमिक बर्गलाई सहयोग पु¥याउने उदेश्यले ति वडाहरुलाई चामल सहयोग गरेको क्लवले जनाएको छ । वडा नम्बर १४, १६, १७ र १८ लाई २ सय ५० किलोका दरले चामल सहयोग गरिएको क्लवका अध्यक्ष पदमकुमार केसीले जानकारी दिए । घोराहीका बैंक तथा वित्तिय संस्थामा कार्यरत विभिन्न व्यक्तिहरुको सहयोगमा उक्त चालम वडाहरुमा हस्तान्तरण गरिएको अध्यक्ष केसीको भनाई छ ।

लकडाउन लम्बिदै जाँदा श्रमिक, विपन्न तथा गरिव बर्गहरु मारमा परेका छन् । उनिहरुलाई वडा कार्यालयले राहत स्वरुप खाद्यान्न सहयोग गर्दै आएका छन् । क्लवले घोराही ४ गोग्ली स्थित दिनबहादुर खत्रीको परिवारलाई समेत खाद्यान्न सहयोग गरेको छ । खत्रीका छोराहरु अपांग रहेको र आर्थिक अबस्था कमजोर भएकाले क्लवले खाद्यान्न र नगद गरि १२ हजार ७० रुपैयाँको सहयोग गरेको जनाएको छ ।

प्रतिकृया

प्रतिकृया