दाङ,
६ – जेठ / विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड—१९) का कारण नेपालमा भएको लकडाउनको समयमा महिला सामुदायिक लघुबित्त बित्तीय संस्था लिमिटेडले स्थानीय तहहरुसँगको समन्यवयमा खाद्यान्य सहयोगको कार्यलाई निरन्तरता दिएको छ ।

विभिन्न चरणमा दाङ, रोल्पा, प्यूठान, सल्यान लगायतका विभिन्न जिल्लाहरुका विपन्न वर्गका परिवारकलागि स्थानीय तहलाई खाद्यान्य सहयोग गरेको संस्थाले सहयोगको कार्यलाई निरन्तर रुपमा अगाडीप बढाएको छ ।  संस्थाले सोमवार घोराही उप–महानगरपालीका वडा नम्बर १३ का विपन्न परिवारलाई खाद्यान्य सहयोग गरेको छ । वडार्को दुर्गा भवानी टोलका बिपन्न परिवारलाइ खाद्यान्य सहयोग गरेको छ ।

महिला सामुदायिक लघुबित्त बित्तीय संस्था लिमीटेडले उनीहरुलाई दोस्रो चरणको राहत प्रदान गरेको संस्थाका प्रमुख कार्यकारी निर्देशक बिमला योगीले जानकारी दिईन् । टोलका ६५ घर परिवारलाई चामल, दाल र नुन ६५ परिवारलाई ५८ हजार ५ सय ४८ रुपैया बराबरको खाद्यान्न सहयोग गरिएको थियो । जसमा घोराही उपमहानगरपालिका वडा नम्बर १५ ले १५ बोरा चामल सहयोग गरेको थियो । वडा नम्बर १३ सँगको सहकार्यमा उनीहरुलाई खाद्यान्य सहयोग गरिएको संस्थाका वरिष्ठ प्रबन्धक लोकमणी रेग्मीले जानकारी दिए ।

वडा नम्बर १३ का सदस्य केशब गिरी र संस्थाका सञ्चालक समिति सदस्य शुष्मा गौतमको उपस्थिति, टोल समन्वय समिति, स्थानीय प्रहरी तथा टोल बिकास समितिका अध्यक्षको रोहबरमा सहयोग प्रदान गरिएको रेग्मीले जानकारी दिए ।  विभिन्न स्थानीय तहहरुसँगको समन्वयमा आर्थिक तथा अन्य सहयोग गर्ने संस्थागत लक्ष्य रहेको संस्थाका प्रमुख कार्यकारी निर्देशक बिमला योगीले जानकारी दिए ।

प्रतिकृया

प्रतिकृया