कपिलवस्तु ,
७ – जेठ / बुधवार प्रदेश नं. पाँचमा १३ जना कोरोना संक्रमित थपिएका छन । थपिने नयाँ संक्रमित १२ जना कपिलवस्तु र एक जना रुपन्देहीका रहेका छन ।


                                                                                 ADVERTISEMENT



६ जना महिला र ७ पुरुषमा कोरोना संक्रमण देखिएको कपिलवस्तु जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिए । विजयनगर गाउँपालिकाका ३ जना र महाराजगञ्ज नगरपालिकाका ९ रहेको नेपालीले पुष्टि गरे । उनीहरु सबै जना भारतबाट फर्किएर क्वारेण्टाइनमा बसेका व्यक्‍ति हुन् ।

रुपन्देहीको बेलहिया नाकाबाट प्रदेश सरकारकै समन्वयमा आएर क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना संक्रमण देखिएको स्रोतको भनाइ छ । स्वास्थ्य मन्त्रालयले भने यसको औपचारिक जानकारी दिइसकेको छैन । यससँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४१९ पुगेको छ भने २ जनाको मृत्यु भइसकेको छ । ३७ जना भने कोरोनालाई जितेर निको भएर घर फर्किसकेका छन् ।

प्रतिकृया

प्रतिकृया